surkhet

रुकुम उडेको जहाज नेपालगन्जमा अवतरण गराउने पाईलटलाई कारबाही सुरु

surkhet

मंसिर ७, काठमान्डौ – काठमान्डौबाट रुकुम उडेको जहाज नेपालगन्जमा अवतरण गराउने नेपाल एयरलाइन्सका पाइलट माथि अनुसंधान सुरु भएको छ ।

नागरिक उड्डयन मन्त्रालयले आफ्नो डियुटी आवर सकिएको भन्दै जहाजलाई नेपालगञ्जमा ‘नाइट स्टप’ गराएका नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पामाथी अनुसंधान सुरु गरेको हो ।
ती पाईलटलाई कारबाहीको दबाब बढेपछि मन्त्रालयले अनुसंधान अगाडि बढाएको छ ।

पर्यटनमन्त्री प्रेम आलेले सो घटनाबारे बुझ्न नेपाल एयरलाइन्सका अधिकारीहरुसँग छलफल गरिरहेको श्रोतले जनाएको छ । पाइलटले सोमबार रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारेका थिए ।

Dailekh
Gorkha

उनले आफ्नो डिउटी आवर सकिएको भन्दै रुकुम उडेको जहाज नेपालगन्जमा अवतरण गरेका थिए ।नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको छ ।

मन्त्रालयले सुरुमा ती पाइलटमाथि सोधपुछ गर्ने तयारी गरेको छ । ती पाइलटको जवाफ चित्त नबुझे थप कारबाही गर्ने पक्षमा मन्त्रालय रहेको स्रोतले बताएको छ ।

डियुटी आवरको सीमा मिच्न नपाइने नियमका कारण पाइलटले बाध्यवस रुकुम उडेको जहाजलाई नेपालगञ्ज ल्याण्ड गरेको एक अधिकारी बताउँछन ।

यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताए ।

 

salyan