Gold

डिग्रीको थेसिस प्रतिकिलो १२ रुपैयाँमा बिक्री चटपटे खान प्रयोग

Naumule Migrate

मङ्सिर ७ काठमान्डौ – त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह डिग्रीको सोधपत्र (थेसिस) प्रतिकिलो १२ रुपैयाँमा बिक्री हुने गरेको खुलेको छ। विद्यार्थीले बुझाएको थेसिस परीक्षा नियन्त्रण कार्यालयले भने पुराना कागजको रुपमा उद्योगलाई बिक्री गर्ने गरेको पाइएको छ ।

विद्यार्थीले थेसिस लेख्दा तीन प्रति थेसिस विश्वविद्यालयमा बुझाउनुपर्छ । एक प्रति क्याम्पसमा, एक प्रति केन्द्रीय पुस्तकालयमा र एक प्रति परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

तर उक्त थेसिस उद्योगलाई बिक्री गर्ने गरेको खुलेको छ। कार्यालयले राख्ने ठाउँको अभाव देखाएर विद्यार्थीले बुझाएको थेसिस र उत्तरपुस्तिका कागज उद्योगलाई बेच्ने गरेको हो ।परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भने थेसिस बेच्ने प्रचलन २०५६ सालदेखि नै रहेको छ ।

उनका अनुसार केन्द्रीय पुस्तकालयमा बुझाएको थेसिस सुरक्षित हुने भएकाले परीक्षा नियन्त्रण कार्यालयमा बुझाएको थेसिसचाहिँ नतिजा प्रकाशन भएको चार महिनापछि बेच्ने गरिएको छ ।भविष्यमा रेफरेन्सका लागि केन्द्रीय पुस्तकालयको प्रयोग हुन्छ ।

हाम्रो चाहिँ रिजल्ट भएपछि छ महिना भन्दा बढी राख्ने स्थान हुँदैन । भाषा विज्ञान प्रतिष्ठान र योजना आयोगले आवश्यक परेको लैजान्छ । बाँकी रहेको हामीले गोपनीयताका साथ डिसमेन्टल गर्छौ’ परीक्षा नियन्त्रक जोशीले भने ।

विद्यार्थीले बुझाएका शोधपत्र परीक्षा नियन्त्रण कार्यालयमा प्रयोजनविहीन हुने जोशीको भनाई छ । ‘हामी गोपनीयताका साथ टुक्रा बनाएर पेस्ट बनाउने सर्तमा मात्रै दिन्छौं । त्यसको फेरि कागज नै बन्ने हो’ जोशीले भने ।

परीक्षा नियन्त्रण कार्यालयले उत्तरपुस्तिका र थेसिस पहिले पुराना कागज संकलकहरुलाई नै बिक्री गर्ने गरेको थियो । त्यसपछि बदाम र चना चटपटे बेच्नेको हातमा पुगेको भेटिएपछि कागज उद्योगलाई बिक्री गरेको परीक्षा नियन्त्रक जोशीले बताए।परीक्षा नियन्त्रक कार्यालयले आफूलाई बुझाएको थेसिस कहिल्यै सुरक्षित गरेर राखेको छैन ।

०५६ सालअघि यस्ता थेसिस र उत्तरपुस्तिका खाल्डो खनेर पुर्ने गरेको परीक्षा नियन्त्रक जोशी बताउँछन् । थेसिस पुर्दा पनि २० देखि ३० हजार खर्चा हुन्थ्यो। अहिले थेसिस र उत्तरपुस्तिका बेच्दा बर्षको १० लाख जति आउछ ,यसो गर्दा खर्च पनि भएन पुस्तिका वेस्टेज पनि भएन त्रिविको आयस्रोत पनि बढ्यो उनले भने।

वर्षमा ३० देखि ४० लाख उत्तर पुस्तिका जम्मा हुने भएको र राख्ने स्थान नहुने भएकाले कागज उद्योगलाई बेच्ने गरेको उनको दाबी छ ।त्रिविको केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ विद्यार्थीले मिहेनत गरेर बुझाएको शोधपत्र कागज उद्योगलाई बेच्नु गलत भएको बताउँछन् ।

विद्यार्थीले मिहेनत गरेर तयार गरेको शोधपत्र बेच्नु गलत भएको पूर्वशिक्षा सचिव महाश्रम शर्मा बताउँछन् । उनले बेच्नुभन्दा सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिनु उपयुक्त हुने सुझाव दिएका हुन् ।यदि पनिकामा राख्ने स्थानको अभाव भए आवश्यक जाँचपछि सम्बन्धित विद्यार्थीलाई नै फिर्ता दिनु उचित हुन्छ उनले भने।

Naumule Badhipahiro