नेविसंघले गर्यो आयल निगमको कार्यालय घेराउ ,,
असार ८ ,काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिदै नेपाल आयल निगमको अफिस घेराउ गरेको छ । नेविसंघले शुक्रबार अपरान्ह नेपाल आयल निगमको केन्द्रीय कार्यालयसहित देशका विभिन्न भागमा रहेका निगम कार्यालयको मूल गेटमा धर्ना दिँदै मूल्य वृद्धि फिर्ता नभएसम्म सरकार विरुद्धको सडक संघर्ष जारी रहने चेतावनी दिएको हो ।
संघका उपाध्यक्ष पुष्पविक्रम शाहीले जनताको दैनिक उपभोग्य वस्तुमा बढाइएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए । धर्ना कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।
नँया सरकार गठन भयालागतई पेट्रोल लगायत अन्य ईन्धन्मा दूई पटक मूल्य वृद्धि गरेको छ। प्रतिपक्षले यसको आवाज संसद् र सडकमा बार बार उठाउने गरेको छ। ,केहि दिन अगाडी मात्र सरकारले पेट्रोलमा ३ रुपैंयामा घटायको थियो ।, प्रतिपक्षले भने ईन्धनको मूल्य एकमुसट रुपमा घटाउनपर्ने भन्दै नारा बाजी गरेको छ।