Gold

भोलि बोलाइएको संसद्‍ बैठक स्थगित

Naumule Migrate

काठमाडौं- माघ १६ गते व्होली आइतबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। कोभिड १९ संक्रमणको जोखिमको कारण देखाउँदै बैठक स्थगित भएको संसद्‍ सचिवालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।यस्तै अर्को बैठक २६ गते बस्ने पनि सचिवालयले जनाएको छ।

कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ संघीय संसद्‍का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । यसअघि बसेका संसद्‍ बैठक प्रतिपक्षी दल नेकपा एमालेका सांसद्‍हरूले अवरोध गर्दैआएका छन्।

 

 

Naumule Badhipahiro