एमसीसी पास गर्नुपर्छ भन्ने देशद्रोही हुन् : नारायणमान बिजुक्छे

काठमान्डौ – नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी पारित गर्नेहरु देशद्रोही भएको बताएका छन। उनले एक अन्तर्वार्तामा नेपालमा एमसीसी अन्तर्घात भएको र यसलाई पारित गर्ने खोजे यिनीहरुको खान्दानलाईनै लखेट्ने बताएका हुन।

यस्तै अहिले जो जस्ले एमसीसी पास गर्नु पर्छ भन्दै बोलिरहेका छन तिनलाई जन्ताले देशद्रोही भनेर चिनेसकेको समेत नेता नारायणमान बिजुक्छेले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पटकपटक एमसीसी पास गर्नुपर्ने बताउँदै आईरहेका छन । त्यस्तै नेकपा एमालेका अध्यक्ष केपि ओली र जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई पनि नेपालमा एमसीसी पारित गर्नुपर्ने बताउँदै आईरहेका छन।

गठबन्धन सरकारभित्रका अन्य दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका पार्टीहरुले एमसीसी नेपालको हितमा नभएको र पारित गर्ननहुने बताउँदै आईरहेका छन।

यस्तै नेपालमा एमसीसी पास नभए प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने समेत चेतावनी दिदै आईरहेका छन । पछिल्लो समय देउवाले केपि ओलीसंग साठ गाठ गर्दै आईरहेका छन।