दक्षिन कोरिया र जर्मनी गोलरहित पहिलो हाल्फ ,,
असार १३ ,एजेन्सी – विश्वकप फुटबलको समूह एफ को अन्तिम खेलमा जर्मनी र दक्षिण कोरियाले पहिलो हाफसम्म गोलरहित बराबरीमा खेलेका छन् । सुरुवाती समयदेखि नै आक्रमक खेल खेलेको जर्मनीले गोल गर्न भने सकेन । दुबै टिमले पहिलो हाफमा गोल गर्ने केही अवसर खेर फालेका छन् ।
विश्वकपको नकआउट चरणमा पुग्नका लागि जर्मनीले दक्षिण कोरियालाई पराजित गर्नै पर्ने हुन्छ । यसअघि समूह चरणमा जर्मनीले १ खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ३ अंक बनाएको छ । विश्वविजेता जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलअन्तरले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा भने जर्मनीले स्वीडेनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।