दलित महिला पहिलोपटक सीडीओ बनिन

काठमान्डौ – सीता परियार दलित समुदायबाट प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने नेपालको पहिलो महिला बनेकी छिन उनीअहिले हुम्लाको प्रमुख सीडीओ भएकी हुन ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन तर सीता दलित समुदायबाट महिला सीडीओ भएकी छिन ।उनी यसअघि भक्तपुर जिल्लाको सहायक सीडीओ थिइन ।

स्थानीय चुनाव नजिकै गृह मन्त्रालयले धमाधम सिडिओ सरुवा गर्न थालेको छ ।बिहीबार पाँच जिल्लाका सिडिओको सरुवा गरिएको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।

धनकुटामा उपसचिव युवराज कट्टेल, नुवाकोटका सहसचिव नारायण प्रसाद रिसाल, हुम्लामा सीता परियार रुकुम पश्चिममा कृष्ण खड्का तथा जाजरकोटमा गणेश शाहीलाई लाई सिडिओ को दर्जामा पठाईएको छ ।