आउँदो चुनावमा काङ्ग्रेसले बहुमत ल्याउछ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको चुनावमा नेपाली काङ्ग्रेस पार्टीले बहुमत ल्याउने बताएका छन।

आज मङ्गलवार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उनले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा नेता कार्यकर्तालाई निर्देशन दिए।

सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारुढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेका छन।

कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा,घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव समेत गरिएको थियो।

आउँदाे चुनावलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने र गठबन्धन गर्दा स्थानीयस्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा देउवाको भनाई छ।