पल शाहले गैंडाकोटस्थित सरकारी वकिल समक्ष दिए बयान
काठमान्डौ – अभिनेता पल शाहले आजै गैंडाकोटस्थित सरकारी वकिल समक्ष बयान दिएका छन। मंगलबार शाहलाई तनहुँबाट गैंडाकोट बयान दिनको लागि लगिएको थियो।
शाहलाई अनुसन्धानको लागि यस अघिपनि गैंडाकोट पुर्याइएको थियो । बलात्कारको उजुरी गैंडाकोटको प्रहरी कार्यालयमा परेका हुनाले अनुसन्धानको लागि उता लगिएको हो ।
नायक पल शाहलाई एक हप्ता राखेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।पल शाहलाई घटनाको अनुसन्धान सकिएपछि तनहुँमै पठाइने भएको छ ।पल शाहमाथि एक नाबालिगले आफुलाई बलात्कार गरेको अभिेयोगमा २ साताअघि तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् ।