उरुग्वेसँग पराजित हुदै पोर्चुगल विश्वकपबाट बाहिरियो रोनाल्डोको पनि केहि चलेन ,,
असार १७ , एजेन्सी – उरुग्वेसँग पराजित हुदै पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । उरुग्वे भने पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । उरुग्वेको जितमा नायक सावित भए इडिसन काभनी उनकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई पराजित गरेको हो । पोर्चुगलको तर्फबाट भने पेपेले १ गोल फर्काएका थिए ।
२०१८ विश्वकप रसियाको सोचीस्थित फिष्ट रंगशालामा खेल सुरु भएको सातौं मिनेटमा नै उरुग्वेले गोल गर्न सफल भयो । उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको पासमा हेडर गोल गर्दै पोर्चुगलविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए ।पहिलो हाफमा उरुग्वे १–० गोलले अघि रहेको थियो । सुरुवाती समयदेखि नै दुबै टिमले आक्रमक खेल खेलेका थिए । खेलको सुरुमै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल उरुग्वेलेका गोलकिपरले बताएका थिए ।
खेलको ५५औं मिनेटमा कर्नर प्रहार बललाई पेपेले हेडर गोल गरेका थिए । उनकै गोलमा पोर्चुगलले उरुग्वेविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो । काभनीले खेलको ६२औं मिनेटमा अर्को गोल गर्दै उरुग्वेलाई २–१ गोलको महत्वपूर्ण अग्रता दिलाएका हुन् । पो र्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि गोल दिलाउन सकेनन ।, रोनाल्डो सबैको नजरमा राम्रो खेलाडी हुन् उनले अहिले सम्म विश्वकप मा चुकेका छैनन्। तर यसपटक भने पृक्वाटरबाटनै बाहिरिन परेको छ ।,