Gold

एकीकृत समाजवादीमा तीन दिनभित्र उम्मेदवार सिफारिस गरि सक्नुपर्ने

Naumule Migrate

काठमान्डौ – नेकपा एकीकृत समाजवादीले आगामी वैशाखमा अहुना गईरहेको स्थानीय चुनावको लागि तिन दिन भित्र उमेद्वार तोकीसक्नु पर्ने जनाएको छ।

स्थानीय चुनावका लागि आकांक्षीमध्येको नाम चैत ३० गतेभित्र वडा कमिटीले पार्टीको माथिल्लो कमिटीमा सिफारिस पठाइसक्न पार्टीले निर्देशन दिएको हो।

यस्तै पालिका कमिटीले आगामी वैशाख २ भित्र निर्णय र सिफारिस गरिसक्नुपर्ने तालिका छ। यस्तै प्रदेश कमिटीले वैशाख ४ भित्र निर्णय र सिफारिस गर्नुपर्नेछ भने प्रदेश कमिटीले वैशाख ६ भित्र निर्णय र सिफारिस गर्नुपर्ने तालिका पार्टीले बनाएको छ।

उम्मेदवार सिफारिस केन्द्रीय कमिटीले वैशाख ८ भित्र गरिसक्ने गरी तालिका बनाइएको हो।एकीकृत समाजवादीसहित पाँचदलीय गठबन्धन स्थानीय चुनावमा मिलेर जाने भएका छन्। समाजवादी पार्टीले महानगर र उपमहानगरको टिकट भने केन्द्रबाटै दिने र गाउँ/नगरका प्रमुख तथा उपप्रमुखलाई भने प्रदेशबाट टिकट दिने व्यवस्था मिलाएको छ।

 

Naumule Badhipahiro