स्थानीय तहको निर्वाचनबाट प्रतिगामी प्रतिक्रियावादीलाई परास्त पारौं : प्रचण्ड

 

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न स्थानीय निर्वाचनमा प्रतिगमनकारिलाई परास्त गर्न आग्रह गरेका छन।

ईस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) को अवसरमा सुभकामना दिदै प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै वाम–लोकतान्त्रिक शक्तिहरु सामु संविधान र समग्र प्रणाली कै रक्षा गर्नुपर्ने दायित्व रहेको बताएका हुन।

राष्ट्रिय एकताको बलमा आर्थिक समृद्धि हासिल गर्दै संविधानद्वारा निर्देशित समाजवादउन्मूख राज्यको दिशामा अगाडि बढ्नु हाम्रो मुख्य प्राथमिकता रहेको पनि अध्यक्ष प्रचण्डले बताए ।

यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरुको व्यापक ध्रुवीकरणका बलमा समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा हाम्रो पार्टी स्पष्ट रहँदै आएको छ ।

नेपाल सबै जाति, भाषा, धर्म र समुदायको साझा मुलुक हो । विविधतायुक्त सामुदायिक विशेषताले नै देशमा सुदृढ राष्ट्रिय एकता कायम हुन्छ ।

आसन्न स्थानीय तहको निर्वाचनबाट प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै वाम–लोकतान्त्रिक शक्तिहरु सामु संविधान र समग्र प्रणाली कै रक्षा गर्नुपर्ने दायित्व रहेको छ प्रचण्डको सुभकामना भनीएको छ।

यस्तै इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको उत्तरोत्तर शुभकामना व्यक्त गरेका छन ।