surkhet

रुकुम पश्चिममा काङ्ग्रेस कार्यकर्तालाई वाईसीएलले कुटे

surkhet

रुकुम पश्चिम् – नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच रुकुम पश्चिममा झडप भएको छ।

वाइसीएल र तरूण दलका कार्यकर्ताबीच झडप भएपछि ८ जना कांग्रेस कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए ।

वर्ष ३१ का कृष्ण पुन, वर्ष २९ का वीरबहादुर ओली, वर्ष १७ का दुर्गाबहादुर ओली, वर्ष ४७ का वीरबहादुर ओली, वर्ष ३० का चित्रबहादुर खड्का, वर्ष २६ का झुपलाल वली, वर्ष २३ का नविन खड्काको जिल्ला अस्पताल सलेमा उपचार भइरहेको छ भने २ जनाको स्थानीय मेडिकलमा उपचार भैइरहेको छ ।

Dailekh
Gorkha

झडपको क्रममा नुवाकोटस्थित प्रहरी चौकीमा सुरक्षा माग्दै गएका कांग्रेस कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी कार्यालयबाटै निकालेर कुटपिट गरिएको बताइएको छ।

कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसीएलले चौकीसमेत तोडफोड गरेका छन।
त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसीएलले ढुंगामुडा गरेर तोडफोड गरेको प्रहरीले जनाएको छ।

माओवादी कार्यकर्ताहरुले नेपाली कांग्रेसको तर्फबाट अध्यक्षको पदका उम्मदेवार रहेका अमरसिं खड्काले प्रयोग गर्दै आएको रा१च १२६२ नम्बरको जिपमा समेत आक्रमण गरेको प्रहरीले जनाएको छ । आजै माओवादी केन्द्रका कार्यकर्ताले जाजरकोटमा काग्रेसको चुनावी टेन्टमा आग्जनी गरेको थियो।

 

 

salyan