रोल्पामा कांग्रेस माओवादीको बराबर मत गोलाप्रथाबाट माओवादी विजयी

बैशाख ३१ ,रोल्पा – रोल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेस र माओवादी केन्द्रका उमेद्वारको बराबर भोट आएपछि गोलाप्रथा गरिएको छ ।

गोला प्रथागर्दा माओवादी केन्द्रका प्रकाश डाँगीले जितेका छन्। कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीले ५४३/५४३ मत प्राप्त गरेका थिए ।

त्यसपछि गोला गद्रा ट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वडाध्यक्ष निर्वाचित भए।सो वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।