surkhet

सुर्खेतमा राउटे युवतीमाथी यौन दुर्ववहार गर्ने तीन जनालाई सात बर्ष जेल सजाय र जरिवाना

surkhet

 

सुर्खेत – सुर्खेत गुर्भाकोट नगरपालिका अन्तर्गत राउटे युवतिमाथि यौन दुर्ववहार गर्ने तीन जनालाई जेल सजाय र जरिवाना तोकियको छ।

जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका-९ सुर्खेतका चौमनबहादुर घर्ती र भुपेन्द्र बुढामगरलाई सात/सात वर्ष जेल सजाय र जनही रु २ लाख जरिवाना तोकेको हो।

Dailekh
Gorkha

यस्तै यौन दुर्व्यवहार भएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना जेल सजाय र रु १ लाख जरिवाना तोकिएको छ।

मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो।

उनीहरुले राउटे युवतीलाई मदिरा सेवन गराएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएको थियो । लगतै प्रहरीले उनीहरुलाई पक्राउ गरि अनुसंधान थालेको थियो।

 

 

salyan