मोडल ज्योति मगरको घण्टा ठोकेर तीज गीत बजारमा

काठमान्डौ – गायिका तथा मोडल ज्योति मगरको अभिनय रहेको घण्टा ठोकेर बोलको तिज गीत बजारमा सार्वजनिक भएको छ।
सधैं जस्तो विवाद र चर्चामा रहेन मोडल तथा गायिका ज्योतिले यस पटकको तिज गीतमा पनि धुम मच्चाउने छिन । उनले घण्टा ठोकेर ट्वाङ- ट्वाङ भन्दै बबाल नृत्य गरेकी छिन भने उनको साथमा कलाकार बुद्धि तामाङले पनि अभिनय गरेका छन।
गीतमा गायक प्रकाश् कटुबाल र उमा श्रेष्ठको स्वर रहेको छ भने संगीतपनि गायक कटुवालकै छ। बिनोद ढकालले शब्द कोरेको यो घण्टा ठोकेर बोलको गीतलाई शंकर बिसिले निर्देशन गरेका छन भने दुर्गा पौडेलले खिचेका हुन।
https://youtu.be/uHCp1d4v3qk