Gold
Bangad salyan

कर्णाली बैंकको २ अर्ब हिनामिना गरेर फरार अध्यक्ष एमाले नेता

Salyan

काठमाडौं-  बचतकर्ताको साढे दुई अर्ब हिनामिना गरी फरार रहेका कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका राजेन्द्रवीर रायको राजनीतिक कनेक्शनको पनि खुलासा भएको छ।

उनी गत निर्वाचनमा नेकपा एमालेका तर्फबाट सल्यानमा निर्वाचनका प्रत्यक्ष उम्मेदवार थिए।

उक्त निर्वाचन क्षेत्रमा तत्कालिन गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले जित निकालेका थिए। त्यसबेला रायलाई हालका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिए।

राय त्यसअघि कमल थापा नेतृत्वको राप्रपा नेपालमा थिए। उनी राप्रपा नेपालका उपाध्यक्ष थिए।

सिद्धार्थनगर नगरपालिका बेलहियाबाट पक्राउ गरिएका रायलाई पटक–पटक गरी बचतकर्ताको २५० करोड हिनामिना गरेको अभियोग रहेको थियो। उक्त उजुरी परेपछि फरार रहेका उनलाई सीआईबीले पक्राउ गरेको हो।

सीआईबीका अनुसार पक्राउ गरिएका ६५ बर्षिय रायलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गताको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भैरहेको छ।
सल्यान घर भएका उनी नेपालगञ्ज उपमहानगरपालिकामा बस्दै आएका थिए। जेठ १८