काठमाडौं क्षेत्र नम्बर १० मा बादललाई टिकट दिने एमालेको तयारि

असोज २२

काठमाडौं- नेकपा एमालेले काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभा सदस्यमा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी गरेको छ । यसअघि बादलले कतैबाट चुनाव नलड्ने बताएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीले बादललाई उम्मेदवार बन्न आग्रह गरेको श्रोतले जनाएको छ। गत राति बिहिबार रातिसम्म चलेको छलफलले उक्त निष्कर्ष निकालेको र बादलले पनि चुनाव लड्न संकेत दिएको बताईएको छ।

चितवन,२ मा बादलले चुनाव लड्ने संकेत गरेपनि उक्त क्षेत्रमा कृष्णभक्त पोखरेलको बलियो पकड रहेकाले बादलले त्यहाँबाट पछि हटेका थिए। त्यसपछि बादलकी पत्नी नैनकला थापालाई समानुपातिकतर्फ राखिएको थियो ।नैनकलाको नाम एमालेले आदिवासी महिलातर्फ एक नम्बरमा राखेको छ ।

यो क्षेत्रबाट २०७० मा पुष्पकमल दाहाल प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । २०७४ को चुनावमा पनि केसीले वाम गठबन्धनबाट उम्मेदवार बनेका हितमान शाक्यलाई हराएका थिए ।