मामा घरबाट टीका लगाएर फर्किदै गर्दा नानी बाबुको खोलाले बगाएर मृत्युु
काठमान्डौ – नुवाकोट ककनि वडा नं २ निबासि शिवराम घिमिरेका चार बर्षका छोरा श्रीयन र आठ बर्षकि छोरी वेबिशालाई अविरल बर्षाले आएको खोलाले बगाउँदा ज्यान गएको छ।
घिमिरे सपरिवार श्रीमति अञ्जु अधिकारीसहित दशैमा ससुरालीबाट टीका लगाएर फर्किने गरेक थिए ।
हिजो दिउँसो करीब ३.२५ बजे ककनि कै वडा नं १ मा पर्ने ठुलाे खाेला र सिमटारको बीच सड़कमा आएको बाढिको भेलले पार गर्दा उनको छोरा र छोरीलाई बगाएको थियो ।
सडक पार गर्ने क्रमममा छोरी बेबिशा र छोरा श्रीयनलाई भेलले बग़ाउदा छोरी केहिबेरमा फेला परी अस्पताल लैजादै गर्दा निधन भएको हो ।
यस्तै भेलले बगाएका छोरा श्रीयनलाई आज बिहान करीब ९.१५ मा नागडोलबाट डाँडागाउँ जाने नयाँ पुल नजिकै मृत अवस्थामा फेला परेको मृतकका बुबाले बताए ।