Simta
Simta

थाइल्याण्डको गुफ्फामा रहेका बालकको उद्दार गर्न अझै चार दिन लागने ,,

असार,२४ काठमाडौं – उत्तरी थाइल्याण्डको गुफामा फसेका १३ जनामध्ये ६ जनालाई सुरक्षित बाहिर निकालिएको छ। भने अन्य बालबालिकालाई बाहिर निकाल्ने अझै ४ दिन लागने आन्तरास्ट्रिय समाचार माध्यामहरुले लेखेका छन् ।गुफामा पानी भरिन सक्ने आशंकामा जोखिम मोलेर आइतबार विहान स्थानीय समयअनुसार विहान १० बजे उद्दार थालिएको थियो । १२ बालक र एक फुटबल प्रशिक्षकको उद्दारका लागि गोताखोरहरु पानी भरिएको गुफामा खटिएका छन् । उनीहरुलाई अलग -अलग समूहमा बाहिर ल्याइनेछ । उद्दार गरियका हरुलाई अस्पताल लगिँदैछ, त्यसअघि उद्दारस्थलमै उपचारसमेत गरिएको थियो ।उद्दारस्थलमा थुप्रै देशका सेना र विज्ञ पुगेका छन् । उद्दार गरिने ठाँउमा अहिले पनि धेरै पानि जमेको र भित्र सम्म पानि पुगेको छ। पानि अक्धमै चिसो भयको कारण उद्दार कार्यमा ध्यान्दिन पर्ने समाचारहरुले उदृत गरेका छन्।