प्रधानमन्त्रीको टुंगो आज को बन्ला पहिले

काठमान्डौ – सत्तारुढ गठबन्धनका तीन शीर्ष नेतामा पहिले प्रधानमन्त्री को बन्ने भने आज टुङ्गो लगाउने गरि बैठक बस्दै छ।

आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुट्न नसक्दा राष्ट्रपतिले दिएको समयसिमाभित्र नयाँ सरकार गठन हुन सकेको छैन।
पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । हिजो बसेको बैठकमा नेताहरुले आ आफ्नो अडान राखेका थिए ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आज आइतबार अपरान्ह ५ बजे सकिदै छ।

काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मा को पहिले प्रधानमन्त्री बन्ने कुराले नयाँ सरकार गठनको काम रोकिएको छ।

गठबन्धन जोगाउन माओवादीले प्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई दिन माग राखेको छ भने ठुलो दल भएको हुँदा काङ्ग्रेसले प्रधानमन्त्री पाउनुपर्ने बताउँदै आएको छ।

दुई दुई बर्ष प्रचण्ड देउवा र एक बर्ष एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने गरि आज सहमतीय हुने नेताहरु बताउँछन ।पुष १०