माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ।
सत्तारुढ गठबन्धबाट अलगिएपछी प्रचण्ड नेकपा एमाले निवास बालकोट पुगेका थिए । बालकोटमा अध्यक्ष केपि ओलीसंग्को भेट् घाटपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।
समर्थन पछि प्रचण्ड समर्थन पत्र लगेर राष्ट्रपति निवास शितल निवास पुगेका थिए ।
कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन ।
प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ ।
तेस्राे पटक प्रधानमन्त्री बनेका प्रचण्डको शपथ ग्रहण भने भोलिमात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ । प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बनेका थिए ।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेकि थिइन् ।
त्यसको समयसीमा आजै बेलुकी ५ बजे सकिएको हो । त्याे समयसीमा अघि नै प्रचण्डले तीन स्वतन्त्रसहित १६९ सांसदकाे समर्थनमा दाबी पेस गरेका हुन। पुुुष १०