surkhet

वडा अध्यक्ष चन्दले झुक्याए सदस्यहरुलाई ,बजेट सिलिङ नै गरे परिवर्तन

पुष २८

surkhet

काठमान्डौ – दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ६ सल्लेरीका वडा अध्यक्ष लाल बहादुर चन्द ले वडा भेला बाट पास भएको बजेट सिलिङ नै परिवर्तन गरेको खुलासा भएको छ।

गएको असार पहिलो हप्तामा वडा अध्यक्ष  चन्द ले यौन दुरब्यवहार,चार जना वडा सदस्य सहित भएको जनभेला बाट पारित भएको बजेट सिलिङ नै परिवर्तन गरि अध्यक्षले आफ्नो अनुकुल हुने गरि परिवर्तन गरेर गाउँपालिका मा पेश गरेको कुरा वडा सदस्य डिलसरा तारामले बताएकी छन् ।

Dailekh

वडा भेलाबाट पास भएको बजेट परिवर्तन हुनसक्ने आशंका सहित चार जना वडा सदस्यहरुले वडा भेला बाट पारित भएको बजेट सिलिङ को फोटोकपि सुरक्षित राखेको कुरा अर्का वडा सदस्य देवि थापाले बताइन।

 

Gorkha

यस समन्धी वडा भेलाबाट पारित भएको बजेट अध्यक्षले ब्यक्तिगत रूपमा परिवर्तन गर्न पाउछ कि पाउदैन भनेर गाउँपालिका अध्यक्ष लाई बुझ्दा त्यसो गर्न नमिल्ने बताएका छन् ।

अहिले वडा भेलाबाट पारित भएको बजेट अनुसार महिला विकास कार्यक्रमको समिति बनाउन लाग्दा वडा अध्यक्ष ले सदस्यहरु लाई थाहै नदिइ बजेट सिलिङ परिवर्तन गरेको कुरा थाहा पाएको वडा सदस्य डिलसरा तारामले बताइन।

यस बिषयमा वडा सचिव छविलाल राना मगर लाई बुझ्दा भेलाबाट पारित भएको बजेट सिलिङ सहितको निर्णय पुस्तिका वडा अध्यक्षले राखेको वडा कार्यालयलाई नदिएको बताएका छन् ।

salyan