surkhet

जातिय गाली गर्ने पोखराका एक वडा अध्यक्ष पक्राउ

पुष २७

surkhet

काठमान्डौ – आफ्नै वडा सदस्यलाई जातीय गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिकाका एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा महानगर वडा नं. २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी रहेका छन् ।

गत आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेपछि मंगलबार बिहान अधिकारीले आफैं प्रहरी कार्यालयमा उपस्थित भएर गिरफ्तारी दिएको जिल्ला प्रहरी कार्यालय कास्की निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।

Dailekh
Gorkha

पोखरा २४ कि दलित वडासदस्य मैया नेपालीले आफूलाई विभेदजन्य गालीगलौज गरेको भन्दै आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

वडाध्यक्ष अधिकारीले ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारबाहीको माग गर्दै  नेपालीले उजुरी दिएकी थिइन् ।

वडा सदस्य नेपालीलाई पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरुको भेलामा अध्यक्ष र अन्य सदस्यहरुबीच छलफल हुँदै गर्दा अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

स्रोतका अनुसार वडाध्यक्ष अधिकारीले यसअघि पनि पटकपटक वडासदस्य नेपालीमाथि अपशब्द एवं जातीय विभेदजन्य गालीगलौज गर्दै आएका थिए ।

 

salyan