वडा अध्यक्ष चन्द द्वारा एक सेवाग्राही माथी यौन दुरब्य्वहार को प्रयास
पुष २७

काठमान्डौ- दैलेखको नौमूले गाउँपालिका वडा नम्बर ६ सल्लेरीका वडा अध्यक्ष लाल बहादुर चन्द ले यौन दुरब्यवहार गर्ने मनसायले एक सेवाग्राही महिला लाई सिफारिस दिन कन्जुस्याइँ गरेका छन् ।
गत पौष २१ गते द्वन्द पीडित स्मृति को सिफारिस लिनको लागि काठमाडौं बाट नौमूले ६ मान्धारा निवासी एक महिला नौमूले गाउँपालिका पुगिन । नौमूले पुगेर वडा अध्यक्ष लाई फोन गरेर सिफारिस लिने कुरा राखिन ।


त्यसपछि वडा अध्यक्ष ले बारम्बार फोन गरेर कतिखेर हो आउने भनेर भनिरहे , यो देख्दा अध्यक्ष राम्रो हुनुहुदो रहेछ भन्ने लाग्यो । यहाँ गाडी पाइएन हिडेर आउन टाढा छ भनेपछि , वडा अध्यक्षले नै नौमूलेमा एकजना मोटरसाइकल चालक लाई फोनगरि वडा सम्म पुर्याइदिन भनेपछि उनी केही समयमै वडा कार्यालय पुगिन।
त्यहाँ पुगेपछि वडा अध्यक्ष संग कुरा भयो अध्यक्षले सिफारिस बनाउन समय लाग्छ म अर्को बैठक मा निस्के भनेर भनेको कुरा महिला ले बताउछिन् । साझ अध्यक्ष ले नौमूले मेरो कोठामा संगै बस्नुपर्छ , भाइहरु लाई किन ल्याएको एक्लै आउनुपर्छ नि , साझ म संग मेरो रुम मा बसेपछि भोलि म सिफारिस बनाइदिन्छु लगायतको यौन दुरब्यवहार गर्ने मनसायले म्यासेज र पछि फोन गरेको उनले बताइन।
भोलिपल्ट साझ उनले संगै बस्न इन्कार गरेपछि गाउँपालिकामा पेस भैसकेको सिफारिस वडा अध्यक्षले खोसेर लगेको बताएकी छन् । अर्को दिन सिफारिस दिने कि मुद्दा प्रक्रिया अगाडि बढाउ भनेपछि फोन गरेर फेरि वडा बाट गाउँपालिका मा सिफारिस उपलब्ध गराइ दर्ता गरेको बताएकी छन् । यस बारे योजना तथा विपद शाखा का कार्यलय सहयोगी गोपि सिंह लाई बुझ्दा अध्यक्ष लाल बहादुर चन्द ले दर्ता भैसकेको सिफारिस तानेर लगेको बताए।
सेवाग्राही महिला ले एउटा सिफारिस लिन जादाँ आफुलाई यौनहिंसा गर्न खोज्ने वडा अध्यक्ष को विरुद्धमा कानुनी उपचारमा जाने बताएकी छन् । उता वडा अध्यक्ष कि श्रीमति हो म भनी फोन गरेर एकपटक लाई माफ गरिदिनुहोस भनेर एक महिला ले भनेको बताएकी छन् । उता वडा अध्यक्ष लाल बहादुर चन्द लाई फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। वडा अध्यक्ष पटकपटक विवादमा तानीरहेने अध्यक्ष हुन् ।
