Gold

पाईलटले बस्ती जोगाउन खोज्दा जहाज सेतिको खोचमा

Naumule Migrate

काठमान्डौ – पाईलटले बस्ती गोजाउन खोज्दा जहाज सेतीको खोंचमा खसेको प्रत्यक्षदर्शीले बताएका छन। पुरानो एयरपोर्टको नजिकै एस ओ एस हर्मन स्कुल नजिकै यति एयरलाईन्सको विमान दुर्घटना भएको हो ।

विमानम चालक दल सहित ७२ जना सवार रहेका थिए ।
जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ। प्रत्यक्षदर्शी मोहन बाबू खड्काले बताए ।

दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो। मोहन खडकाले भने उनका अनुसार जहाज पुरै हल्लियको समेत थियो ।

जहाज दुर्घटना हुनुको कारण भने खुल्ल्न सकेको छैन । मौसमका कारण भन्दा पनि टेक्निकल समस्याका कारण जहाज दुर्घटना भएको अनुमान गरिएको छ।

काठमाडौंबाट पोखराका लागि बिहान १० बजेर २५ मिनेटमा उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।

जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य गरि ७२ जना रहेका थिए । विमानमा लागेको आगो निभाउने कम जारी छ भने २५ जनाको शव निकालियको पाईएको छ ।शव चिन्न नस्स्किने अवस्थामा रहेका छन। जिवित उद्दार भने कोहिलाई गर्न नसकिने बताईएको छ ।जहाजमा ठूलो आगो लागेको छ। माघ १

Naumule Badhipahiro