रवि लामिछानेका ड्राइभरको अवस्था गम्भीर सत्य बाहिर आउन सकेन

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको चिकित्सकले बताएका छन।

गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं ल्याइएको थियो। उनको अहिले मेडिसिटि अस्पतालमा उपचार भैइरहेको छ।

मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार मेडिसिटी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राज राणाका अनुसार अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेका र उनको अवस्था चिन्ताजनक छ।

टाउकोमा गम्भीर प्रकृतिको चोट छ, छातीमा संक्रमण पनि छ। अवस्था क्रिटिकल छ, डाक्टर राणाले भने, ‘उपचारमा हाम्रो आइसियूको पुरै टिम खटिएको छ राणाले भने । राती साढे ३ बजे घरको छतबाट थापा कसरी खसे भन्ने सबै अन्यौलमा छ । प्रहरीले घटनाको अनुसंधान गरिरहेको छ।बैशाख ६