रवि लामिछानेविरुद्ध फेरी उजुरी

बैशाख १०

काठमाडौँ – चितवन क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलेविरूद उजुरी परेको छ। लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उजुरी परेको हो ।

लामिछानेले आचारसंहिताविपरीत कार्यहरु गरेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन् ।