रविलाई कारबाही नगरेसम्म चितवनमा मत गणना हुन नदिने
चितवन _ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी दिएको नेपाली कांग्रेस, चितवनले यसबारे निर्णय नभएसम्म चितवन- २ मा मतगणना गर्न नदिने बताएको छ ।
मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।
लामिछानेले आचारसंहिता विपरीत १२ बटा गाडी प्रयोग गरेको, मतदान केन्द्रमा नारावाजी गरेको र त्यसलाई प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए ।
आफूहरुले दिएको उजुरीमा छानबिन गरी कारवाही गर्न गरिएको कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले बताए ।
कांग्रेसले उजुरीका सम्वन्धमा पहिला निर्णय लिने अन्यथा गणनाको काम अगाडि बढ्न नसक्ने जानकारी मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।
सबै मतपेटिका मतगणना स्थल भरतपुर प्रदर्शनी केन्द्रमा ल्याइएको छ भने सर्वदलीय बैठकको तयारी गरिएको छ ।