आजको सुर्य ग्रहण नेपाल बाट नदेखिने ,,
असार २९ – आज यो वर्षको सुर्य ग्रहण लागेको छ आज बिहान ७ वजे बाट लागेको ग्रहण बिहान १० वजे मात्र सकिने छ नेपाल र भारतबाट भने यो सूर्यग्रहण देख्न नसकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । यो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका विश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ ।यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते परेको छ । उक्त सूर्यग्रहण पनि नेपाल र भारतबाट देख्न सकिने छैन । त्यसलाई चीन, तिब्बत, नर्वे, मंगोलिया लगायतका स्थानबाट हेर्न सकिन्छ ।सूर्यग्रहणको बेला कुनै पनि नयाँ कार्यको सुरुआत गर्न नहुने ज्योतिषीहरु बताउँछन् । साथै ग्रहण अवधिभर खाना बनाउन, खान र सुत्न पनि बर्जित मानिन्छ ।