सुनतस्कर प्रकरण विमानस्थलको जाँच पासमा संलग्न सबैलाई निलम्बन गर्न निर्देशन

काठमाडौं -त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको १ क्वीन्टल सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको समेत बताइएको छ । स्रोतका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत सन्तोष चन्द र एक जना नायब सुब्बालाई निलम्बन गरिएको छ।

विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको छ ।

हिजो मात्र त्रिभुवनविमानस्थलबाट १

क्वीन्टल

सुन भित्रिएको थियोे । सुन ट्याक्सीमा राखीएको अवस्थमा फेला परेको हो।

भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिएको करिब सय केजी सुन ट्याक्सीबाट बरामद रहेको सुन व्यवसायी दीपक मलहोत्राको रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ

सुनको नेपाली मूल्य  एक अर्बभन्दा बढी पर्न

जान्छ।

विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ । साउन ४