आज साउने सक्रान्ति विधिगत रुपले मनाईदै ,,

साउन १- आज साउने सक्रान्ति विधिगत ढंगले नेपाल भर मनाईदै छ ।, आज बाट नेपालि हरुको चाड हरुको सुरुवात भयको कारण पनि यो महिनालाई बेशेष रुपमा मानिन्छ। आज राजधानी लगायत विभिन्न जिल्लाका धार्मिक स्थलमा पुजा गरि स्नान गर्ने र सूर्यलाई जल चडाउने गरिन्छ ।यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

साथै आज गाँउघरमा लुतो फाल्ने हगुल्टो बाल्ने जस्ता कार्य पनि गरिन्छ । यसले गर्दा मानिसमा लागेका रोग हरु निको हुने र रोग लाग्न नदिने किम्बदन्ती छ ।काठमान्डौको पशुपतिनाथ , माहादेब , दक्षिनकाली लगायतका मन्दिर हरुमा बिशेष आयोजना गरि साउने सक्रान्ति मनाइदै छ। आज सुर्य  कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो।

आजको दिन महिलाहरुले हरियो चुरा लागाउने , मेहेन्दी लगाउने बर्तबन्धन बस्ने आदि क्रियाकलाप जस्ता क्रियाकलाप पनि हुने गर्दछन  ।साथै आज बिहानै स्नान गरि कुरिल्लो , जामुन , पिपल ,अम्बा , जस्ता जडिबुटी घरमा ल्यायर राख्ने र तिल लड्डु , घिउ , सेल रोटो ईत्यादि परिकार बनायर साथि भाई संग खाने चलन छ।