काङ्ग्रेस सांसद सुनिल शर्मालाई तत्काल पक्राउ गर्न वाईसीएलको माग

साउन २८

काठमान्डौ – माओवादी केन्द्रको भातृसंगठन वाईसीएल नेपालले काङ्ग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरि कारबाहीको माग गरेको छ।

सुनिल शर्माले अहिलेका सरकारका प्रमुख प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सार्वजनिक रुपमा आतंककारी भनेर बोलेका छन।

काङ्ग्रेसका सांसद सुनिल शर्मा मेडिकल माफिया र नक्कली शैक्षिक प्रमाणपत्र आरोपमा पक्राउ परेका थिए ।

अदालतको आदेशपछि उनी रिहा भएका थिए । रिहाईपछि उनले मिडियाको अगाडि प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भनेका छन।

वाईसीएल नेपालका अध्यक्ष दिपशिखा  केन्द्रिय सदस्य धिरज उपरकोटि संगठन लगायतले उनलाई तत्काल पक्राउ गर्न माग गरेका हुन।

यस्तै नक्कली डाक्टर सुनिल शर्मालाई वाईसीएल नेपालले २०६४ सालमा काभ्रेको कामीडाडामा सिसि अप्रेशन अन्तर्गत जनकार्बाही गरेको थियो।

सरकारको कार्यकारी प्रमुख र गृहमन्त्रीलाई आतंककारी भन्ने कथित मेडिकल माफिया सुनिल शर्मा नामकाे अराजकलाई प्रहरी प्रसासनले तुरुन्तै नियन्त्रणमा लियर कार्बाही चलाउन वाईसीएलले माग गरेको हो।फाईल तस्वीर