Gold

धारापानीमा नगरपालिकाको बेवास्तापछि स्थानीय सडक सफा गर्दै

भदौ ४

Naumule Migrate

सुर्खेत – सुर्खेतको गुर्भाकोट नगरपालिका धारापानीमा बाटो बिग्रेको एक महिना सम्मपनि नगरपालिकाले चासो नदेखाएपछी स्थानीय आफै जुटेका छन।

बर्खामा पहिरोले बाटो बन्द भएपछि करिब एक महिना बढी याता यात बन्द रहेका छन भने सर्वसाधारणलाई सास्ती भोगेका छन।

स्थानीयले पटक पटक सडक सफा गरि यातायात सुचारू गर्न माग गरेपनी नगरपालिकाले कुनै चासो नराखेको स्थानीय बासिन्दा बताउँछन ।

स्थानीयले धारापानी नादेखोला च्यानडाडा हुँदै नरवीर चोक सम्म बाटो सफा गर्दै यातायात सुचारू गराएका हुन।

स्थानीय महिला पुरुषको सहभागितामा आज बाटो सफा र ढुङ्गा मुढा हटाई गाडी पास गत्ने कार्य भएको स्थानीय शिक्षक हिरालाल खत्रीले जानकारी दिए।

बर्खाको बाढीले बोटेचौर हुदै धारापानी जाने सडक विभिन्न स्थानमा बन्द भएको छ भने उक्त क्षेत्रमा फोन सम्पर्क समेत राम्रो संग हुन सकेको छैन।

यस्तै विभिन्न स्थानमा गाडीएका बिजुलीका पोल ढलेका छन भने सडक खन्दा क्षती भएको खेत बारीमा अहिले पहिरो जाने गरेको छ।

गुर्भाकोट धारापानीमा विकासको नाममा बिनास भने बढी नै देखीएको स्थानीयको गुनासो छ।

Naumule Badhipahiro