Gold
Bangad salyan

एउटा ईमानदार र समर्पित परिवर्तनकारी नेतृत्व : क स्याम प्रदिप श्रेष्ठ

असार ६

Salyan

काठमान्डौ – नेपालको राजनीतिक ईतिहासमा परिवर्तनको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने नेताहरू धेरै छन् तर तीमध्ये केही मात्र यस्ता छन् जसले न पदको लोभ गरे, न सुविधाको चाहना।

आज हामी यस्तै एक असल, अनुशासित र त्यागी आदरणीय नेता क. स्याम (प्रदीप श्रेष्ठ) को कुरा गर्दैछौं,। जो गोरखाको बारपाक सुलिकोटको वडा न ६, भञ्ज्याङ ताकुकोटमा जन्मेर क्रान्तिको आँधीबेहरीमा होलटाइमर भएर जनयुद्ध भरि हिडेका पात्र हुन्।

युद्धको मैदानदेखि गाउँको  जन्ताको सेवासम्म
क. स्याम -प्रदीप श्रेष्ठले २०५२ सालमा सुरु भएको नेपालका जनताको  परिवर्तन ऐतिहासिक महान जनयुद्धमा शहीद आशाकाजी श्रेष्ठ (क. हिमाल) सँगै एकै समयमा भूमिगत भएर आन्दोलन सुरु गर्नुभयो।

परिवार,बालबच्चा,समाज , साथिभाई सबैलाई छोडेर उहाँले दश वर्षसम्म आफ्नो जीवनलाई भूमिगत संघर्षमै समर्पित गर्नुभयो।
त्यस संघर्षका दिनमा उहाँले गोरखाका सबैजसो फौजी कारबाहीमा सहभागी भएर आफ्नो नेतृत्व क्षमता देखाउनु भयो।

पटक–पटक मृत्युसँग आमने–सामने हुनुपर्‍यो। ताकुकोट इलाका प्रहरी चौकी कब्जा गर्ने ऐतिहासिक कारवाहीमा समेत उहाँको उल्लेखनीय भूमिका रह्यो।

जनयुद्धकै क्रममा आठ महिना जेल जीवन बिताउँदा पनि उहाँको विचार र आदर्श झुक्न सकेन, आत्मसमर्पण गर्नु भएन।

ताकुकोट इलाका प्रहरी चौकी आक्रमण पछी पनी आफ्नै गाउँमा जाँदा तक्कालिन शाही सेना घ्यामेसाल बाट गस्तीमा आएको आर्मीले ताकुकोट तल मोहोरिया बाट गोली हान्दै लखेटो ।

दुर्भाग्य अर्को साथी रामजी देवकोटालाई आर्मीले गोली हानी हत्या गर्यो तर क.स्याम भने बाँच्न सफल हुनु भयो। गाउँभरी भञ्ज्याङको भाते न्यावरको छोरा मर्यो भनेर गाउँ  भरी हल्ला फिजियो र क.स्यामको घर भञ्ज्याङ मा पुरै गाउँ सोकमग्न बन्यो।

छोरा मरेको खबरले आमाको केहिदीन सम्म आखा ओभाएनन र भाईहरू गाउँलेहरू सबै स्तब्ध भए। तरपछी थाहा भयो स्याम भाग्न सफल भए अर्को साथी शहिद भयछन भनेर ।

अनी घरमा आमा सहित सबै मान्छेको अलि आस पलायो अनी आमाको आँखा  बाट आशु बग्न कम भयो।

धेरै स्थानमा यसरी बाल -बाल बाचेर आएको भन्नुहुन्छ। क.स्याम धेरै ठाउहरूमा आर्मीको घेरा प्रहरीको घेरा तोडेर भाग्न सफल भयको बताउनुहुन्छ। उहाँ सानो ज्यानको मान्छे भाग्न पनी सजिलो हुने भन्नुहुन्छ।

शान्ति सम्झौता पछि पनि निष्ठामा कुनै सम्झौता भएन दशक लामो युद्धपछि मुलुकमा शान्ति सम्झौता भयो। तर कतिपय नेताहरू शान्ति सम्झौतापछि पार्टीको नाममा सुविधा, पद र सत्ताको खोजीमा लागे।

पार्टी चार्दै हिडे ,तर क. स्याम – प्रदीप श्रेष्ठ सधैँ जस्तो उही सरल जीवन, उही निष्ठा र उही आदर्शमा अडिग रहनुभयो।

उहाँले कहिल्यै पार्टीको नाम बेचेर स्वार्थ सिद्धि गर्ने काम गर्नुभएन। बरु आरुघाट, मान्बु र वरिपरिका क्षेत्रहरूमा पार्टीको जिम्मेवारी एक्दम कुशलको साथ हिजो जनयुद्धमा उठाएको मुद्दालाई  स्थापित गर्न इमानदारीपूर्वक सम्हाल्दै जनताको सेवामा निरन्तर क्रियाशील रहनुभयो।

उहाँ जस्ता नेताहरूले नै  माओवादी आन्दोलनको मर्म र सपना जीवित राखेका छन्।  उहाँ आजको राजनीतिक सन्दर्भमा उदाहरणीय पात्र हो। आजको राजनीतिमा पदकै लागि मरिहत्ते गर्नेहरूको भीडभाड छ।पद पाईन भने पार्टी छोड्ने नेतृत्व हरू गाली गर्ने अराजक गर्ने हरूको ठुलो पङ्क्ति छ।

तर क. स्याम — प्रदीप श्रेष्ठ जस्ता नेताहरूले जनयुद्धको बलिदानी र संघर्षको मर्म सम्झाइरहेका छन्। उहाँ सधैं भन्नुहुन्छ ।

“म पदको लागि लाभ लिन पैसा कमाउन लडेको होइन, परिवर्तन र अधिकारका लागि दलित महिला गरिव हरूको आवाज बिहीन हरूको लागी लडेको हुँ।”

म कुनै ठुलो पदमा नभयपनि म एउटा परिवर्तनको लागी लडेको एउटा क्रान्तिको सिपाही हो मलाई काम गर्न पदनै ठुलो हो भन्ने छैन ।
यी शब्दहरूले हिजो आज राजनीतिकमा आउने नयाँ पुस्तालाई राजनीतिमा आदर्श, निष्ठा र इमानदारी के हो भन्ने सिकाउँछन्।
बारपाक सुलिकोट क्षेत्रबाट जनयुद्धमा पहिलो होलटाइमर भएर भूमिगत भएका मध्ये बाँच्न सफल थोरै नेतामध्ये क. स्याम र बिष्णु भट्ट (क. सुरेन्द्र) हुनुहुन्छ।

अरू धेरै नेतृत्व हरू जनयुद्धमा शहिद  हुनु भयको  छ । जिबित  मध्य  बिष्णु भट्ट क. सुरेन्द्र अहिले दुई कार्यकाल गाउँपालिका अध्यक्ष उत्कृष्ट रूपमा चलाउनु भयको छ भने क. स्याम अझै पनि कुनै पद नलिई पार्टी र समाजको सेवामा निरन्तर अग्रसर हुनुहुन्छ।

क.स्याम प्रदिप श्रेष्ठ कहिले माथीलो नेतृत्व हरू संग नजिक हुने चाकडी गर्ने लाभ लिने खालको स्वाभाव कहिले नभएको र सबै नेतृत्व हरूसंग काम गरेको उहाँ बताउनुहुन्छ ।

प्रचण्ड संग पनी धेरै पल्ट भेटघाट भएको छ । प्रचण्ड संग कहिले पद माग्न नियुक्ती खान सासंद हुन भनेर कहिले गयको छैन ।तर उहाँले पनी चिन्नुहुन्छ होला तर म ब्यक्तीगत काम लिएर गयको छैन ।

क. स्याम — प्रदीप श्रेष्ठ जस्तो नेतृत्व आजको नेपालमा खोज्न गाह्रो छ। क.श्याम प्रदीप श्रेष्ठ नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश सदस्य हुनुहुन्छ।

उहाँको जीवन गाथा एउटा पुस्तक जस्तै छ, जसबाट इमानदारी, त्याग र परिवर्तनका लागि गरिएको निस्वार्थ योगदान पढ्न, बुझ्न र सिक्न सकिन्छ।

संसार बदल्नकै लागि ज्यानको बाजी लगाउने तर फाइदा र पदको खेलमा नफस्ने क. स्याम – प्रदीप श्रेष्ठ  नयाँ  पुस्ताका लागि एउटा प्रेरणादायी आदर्श हुन्हुन्छ। आज पदको लागी जेपनी गर्न तयार हुने नेता कार्यकर्ता हरूले उहाँहरूबाट केही सिक्नु भने अत्यन्तै जरुरि छ।