पर्वतको जलजलामा पहिरो बाट एकको मृतु छ जना घाईते ,,

साउन २ ,पर्वत – पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ मा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। पहिरोमा पुरिएर १६ वर्षीय विकास परियारको मृत्यु भएको छ। घाइतेहरूको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ। अविरल वर्षाका कारण यहाँका १५ घर जोखिममा परेका छन्। सर्वसाधरणहरू नजिकैको विद्यालयमा आश्रय लिएर बसेका छन्। मृतकको शव पोस्टटमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।