मल्द्वार भित्र ४० लाखको सुनको धुलो लुकाएको अवस्थामा फेला
भदौ २८
काठमान्डौ – सिङ्गापुरबाट आएको एक भारतीय परिवारबाट मुम्बई विमानस्थलमा एक करोड रुपियाँभन्दा बढी मूल्यको दुई किलो सुनको धुलो बरामद भएको छ ।
मुम्बई भन्सार अधिकारीका अनुसार एक करोड पाँच लाख २७ हजार रुपियाँ बराबरको सुनको धुलो दम्पतीले आफ्ना भित्री वस्त्रमा र उनीहरूको तीन वर्षको बच्चाको डाइपरमा लुकाइएको सुनको धुलो बरामद भएको हो ।
बरामद सुनको धुलो २४ क्यारेटको रहेको छ। आज बिहीबार अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको उनले बताए ।
यसअघि केरलाको कोचिन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार अधिकारीहरूले सात सय ग्राम सुन मलद्वारमा लेप बनाएर आएका एक यात्रीलाई पक्राउ गरेको थियो । बरामद सुनको मूल्य रु ४० लाख पर्ने बताइएको छ ।