जाजरकोटमा फेरि गयो भूकम्प घरहरु ढलेको आवाज
काठमान्डौ – जाजरकोटमा फेरि भूकम्प गएको छ। उक्त क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुन: ठूलो भूकम्पको झट्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ ।
पछिल्लो विवरण भने आउन बाकी छ। केही घरहरु भत्केका छन भने घर भत्केको धुवा धुलो उडेको देखिन्छ।
मानिसहरु भाग भाग गरेका छन।यसअघि पनि गत शुक्रबार राति ११ : ४७ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ ।
प्रहरी तथ्यांकअनुसार जाजरकोटमा (१०१), रूकुम (५२) गरी १५३ जनाको मृत्यु भएको छ। कार्तिक २०