Simta
Gurvakot
Gurvakot

सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुदाँ ९ घाईते,

सुर्खेत, ८ श्रावन ।
नेपालगञ्जबाट जाजरकोट जान लागेकोे जिप सुर्खेत सिम्ता गाउँपालिका ६ गजौडा नजिकै मगलबार दिउँसोे समयमा दुर्घटना भएको छ ।
सनराईज यातायातको जीप दुर्घटना हुदाँ जिपमा सवार ९ जना यात्रु घाईते भएका छन् ।जाजरकोट कुसे गाउँपालिका वडा ५ वर्ष ३ की प्रमा कुमारी रोकाय,जाजरकोट बारेकोट गाउँपालिका वडा ६ की २५ वर्षिया हरिकला रोकाय, सोहि स्थानका वर्ष २७ का मिन प्रसाद महतारा, उनकैछोरा २ वर्षिया छोरा आयुस महतरा र वर्ष ४ की छोरी मानवी महतरा त्यसै गरि कुमाख गाउँपालीका वडा ५ कि ५५ वर्षीया विष्णु कुमारीशाही,सोहि स्थानकी पुजा वुढाथोकी,बाँके राप्ती सोनारी गाउँपालीका २ का दिपक सेन घाईते भएका हुन् ।घाईते सवैको सल्लीवजारमा रहेको जनबन्धु पोलिक्ल्निीकमा सामन्य उपचार पछि नेपालगञ्ज लिने तयारी भैरहेको छ । तिव्र गतिमा रहेको जिपको व्रेक फेल भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय वादेपिपलले जनाएको छ । चालक कोहलपुर निवासि विवेक सिंलाई इलाका प्रहरी कार्यलय वोदेपिपलले नियत्रणमा लिएको छ ।