सुर्खेतको मध्यपशिम क्षेत्रिय अस्पतालमा लाईन्सक्लबले गर्यो १८ लाखको सामग्री वितरण ,,

सुर्खेत, असार ८ ।
सुर्खेतस्थित लायन्स क्लवहरुले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १८ लाख बराबरको अस्पताल सामाग्री प्रदान गरेका छन् । इटालीस्थित अन्तराष्ट्रिय गैरसरकारी संस्था एएनटीको आर्थिक सहयोगमा नवजात शिशुहरुका लागि एनआइसियूमा आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरिएको लायन्स क्लवका डिष्ट्रिक चिफ कोर्डिनेटर विजय पराजुलीले जानकारी दिए ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डम्वर खड्काले क्षेत्रीय स्तरको अस्पताल भएपनि भवन र उपकरण अभावमा प्रभावकारी सेवा दिन नसकिएको बताए । उनले एनआइसियूका लागि प्रयोग गरिने सामाग्रीले यस क्षेत्रको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सामाजिक क्षेत्रबाट प्राप्त सहयोग अस्पतालका लागि धेरै महत्वपूर्ण छ’ उनले भने, ‘आगामी दिनहरुमा पनि यस्तैखाले सहयोगको अपेक्षा हामीले राखेका छौं ।’
उपकरणसँगै लायन्स क्लवले प्राविधिकहरुलाई तालिमको पनि व्यवस्था गरेको छ । अस्पतालका उपकरणहरु लायन्स क्लव अफ सुर्खेत बुलबुलेको सरक्षकत्वमा रहने छन् । बुलबुलेका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एओजी कमल नेपाल, विभिन्न क्लवका अध्यक्ष, पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।