surkhet

गुल्मीमा बालिका बलात्कार पछि हत्या गर्न व्याक्ती जेल चलान

मंसिर १२

surkhet

गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

चन्द्रकोट गाउँपालिका,४ शान्तिपुरकी १५ बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा बाँके खजुरा गाउँपालिका,७ का २३ वर्षीय खाँ पक्राउ परेका थिए ।

Gorkha

गएको कात्तिक १७ गते शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा बालिकाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख नविनकिशोर प्रधानसहितको टोली अनुसन्धानपछि खाँलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक अनुसन्धानपछि जिल्ला अदालतमा पेस गरिएको थियो ।

Dailekh

अदालतले खाँलाई हिजो पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिल्लीनारायण पान्डेले बताए ।

 

salyan