रुसि सेनामा नेपालीलाई भर्ती गराउने गिरोह पक्राउ

मंसिर २०

काठमान्डौ – रुसी सेनामा भर्ति गराउने गिरोहलाई नेपाल प्रहरीलेले पक्राउ गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ति गराउने १२ जनालाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा हरिबहादुर विश्वकर्मा, सन्तोष रोका, मनिष न्यौपाने, रोजल महर्जन, क्षितिज गिरी, दिपेन परियार, सुभाष लामा, गोकर्ण अर्याल, सन्तोष नेपाल, सुजता दाहाल, ईश्वर अधिकारी र द्रोण डाँगी रहेका छन् ।

lekbesi

रसिया जान खोज्नेमा पूर्व सुरक्षा कर्मचारीहरु रहेको र पक्राउ परेकाहरुका साथबाट उनीहरुको राहदानी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए।

पक्राउ परेकाहरुले सामाजिक सञ्जालमार्फत रुसी सेनामा भर्ति गराउने विज्ञापन गरेको पाइएको र यसको अनुसन्धान जारी नै रहेको पनि उनले बताए ।

पक्राउ परेकामध्ये सुजाता दाहालको कार्यालयबाट १४ लाख १८ हजार र २७ थान राहदानी फेला परेको छ भने इश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार रुपैया, १६ थान राहदानी बरामद भएको खत्रीले जानकारी दिए।
उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिइएको पनि प्रहरीले जनाएको छ।