रास्वपाको तीन दिने पैदल यात्रा सुरु
पुष ९
नवलपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि पैदलयात्रा सुरु गरेको छ ।
पूर्वी नवलपरासीको नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि पैदलयात्रा सुरु गरेको हो।
विहान सवा १० वजे नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकबाट सुरु भएको पैदलयात्रको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन।
बुटवलसम्मको यात्रा तीन दिनमा पुरा गर्ने लामिछानेले बताए ।यात्राका क्रममा बस्ती क्षेत्रमा हिड्ने र जंगलमा सवारीसाधनको प्रयोग गर्ने तयारी भएको छ ।