surkhet

मेयर हर्क साम्पाङले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर

पुस १३

surkhet

धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको तस्बिर राखेका छन् ।

संघीय सरकारले धरानलाई उपेक्षा गरेको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर हटाएका हुन् ।

Gorkha

राईले बुधबार फेसबुकमा स्टाटस लेख्दै धरानलाई सरकारले उपेक्षा गरेको बताएका थिए । उनले ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दै छु ।

Dailekh

जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु’ भन्दै फेसबुकमा लेखेका थिए ।
बिहीबार आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखेपछि उनी कार्यकक्षमा ताल्चा लगाएर बाहिरिएका थिए ।

उनले यसअघि पनि धरानलाई संघीय सरकारले महत्व नदिएको भन्दै स्वायत्तता प्रदान गर्न माग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए ।

 

salyan