surkhet

ज्यान मार्ने मुद्दामा पूर्ववडाध्यक्ष प,क्राउ

बैशाख ३

surkhet

काठमान्डौ – सोनमा गाउँपालिका ८ का पूर्ववडाध्यक्ष राजदेव प्रसाद यादव पक्राउ परेका छन् ।

उनलाई ज्यान मार्ने मुद्दामा पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ । सिंग्हासिनी घर भएका यादवमाथि उच्च अदालत जनकपुरधामले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गर्न परमादेश जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

महोत्तरीका प्रहरी प्रवक्ता एवम् डीएसपी सन्तुलाल प्रसाद जयसवारका अनुसार २०८० असार ३० गते गोविन्द महतोले आत्महत्या गरेका थिए ।

Dailekh
Gorkha

मृतक महतोकी आमाले आत्महत्या गर्न बाध्य बनाएको भन्दै पूर्ववडाअध्यक्ष यादवमाथि किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले यादवमाथि मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि मृतककी आमाले उच्च अदालत जनकपुरधामलाई गुहारेकी थिइन् ।

उच्च अदालतले परमादेशमार्फत् सो मुद्दा दर्ता गर्न जिल्ला प्रहरी महोत्तरीलाई निर्देशन दिएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई सोमबार पक्राउ गरेको हो ।

salyan