Gold

माओवादी केन्द्रको वाईसियल नेपाल रुकुम पश्चिमको अध्यक्षमा एल बि कटुवाल

बैशाख २६

Naumule Migrate

रुकुम पश्चिम् – नेकपा माओवादी केन्द्को सहायक संगठन योङ कम्युनिष्ट लिग वाईसियल नेपाल रुकुम पश्चिमको अध्यक्षमा एल बि कटुवाल चयन भएका छन।

बिहिबार मुसिकोटमा सम्पन्न वाईसियल नेपाल रुकुम पश्चिमको  पाँचौं जिल्ला सम्मेलनबाट कटुवालको अध्यक्षमा सर्वसम्मत ५५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।

सम्मेलनबाट उपाध्यक्षमा सेरु बि. क., उपाध्यक्षमा रमेश गिरी र शिवा परियार, सचिवमा सन्देश बि.क.,  सह सचिवमा गणेश कुमार चन्द, अजय चदारा, नितु खड्का , मेश आग्री र कोषाध्यक्षमा सन्तोश बि.क. चयन भएका हुन।

सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले गरेका थिए ।

वाइसीयलका जिल्ला संयोजक गोविन्द ओलीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्तकुमार शर्मा, वाइसीयलका केन्द्रीय सचिव शैलेशकुमार शर्मा, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टक्कबहादुर शाही, नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक गोविन्द रोका, पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य देविलाल गौतम लगायतको पनि आतिथ्यता रहेको छ ।

उद्घाटन पूर्व मुसिकोटमा बृहत र्याली निकालिएको थियो । खलंगाको बराहटाकुराबाट सुरु भएको र्याली खलंगा बजार, बागबजार हुँदै शेरिगाउँस्थित सहिद प्रतिष्ठानमा पुगेको थियो ।
सम्मेलनमा जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधि, प्रवेक्षक तथा अन्य युवाहरुको सहभागीता रहेको थियो ।

Naumule Badhipahiro