अदालतले अन्याय गरेको भन्दै सन्दीप उच्च अदालत जाने

पुस २६

काठमान्डौ – क्रिकेटर सन्दीप लामिछाने जिल्ला अदालत काठमान्डौको फैसलाविरुद्ध उच्च अदालत जाने भएका छन।

बलात्कार मुद्दामा सन्दिपलाई अदालतले आठ बर्ष कैदको हिजो फैसला गरेको छ। आफू निर्दोष भएको र फैसला पूर्वाग्रही भएको भन्दै उनी न्यायको लागि उच्च अदालत जाने जनाएका हुन।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ बर्ष कैद र पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

lekbesi

२०७९ भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएकाे भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमान्डौमा मुद्दा दर्ता भएकोमा हिजो फैसला भएको हो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।