Gold
Bangad salyan

अर्काको नागरिकताबाट बैंक खाता नक्कली सीआईबी निरीक्षक बनेर करोडौ ठगि गर्ने महिला

Salyan

काठमान्डौ – आफूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहायक निरीक्षक (असई) बताउँदै विभिन्न व्यक्तिलाई ठगी गर्ने एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ। सर्लाहीको बरहथवा घर भई हाल कविलासी नगरपालिका बस्ने ३५ वर्षीया निर्मला महतोलाई प्रहरीले पक्राउ गरि सार्वजाइक गरेको हो।

उनले नेहा, निशा र पुनम कुमारी लगायतका विभिन्न उपनाम प्रयोग गरेर ठगी धन्दा चलाउँदै आएको खुलेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार निर्मलाले भन्सारका कर्मचारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै सस्तोमा स्कारपियो गाडी मिलाइदिने प्रलोभन देखाएर ठगी सुरु गरेकी थिइन्।

 

उनले सर्लाहीका राजेश्वर साहकी श्रीमती पुनम कुमारीको नागरिकता र फोटो दुरुपयोग गरी आफ्नै नाममा राष्ट्रिय परिचयपत्र बनाएकी थिइन्। सोही परिचयपत्रका आधारमा माछापुच्छ्रे बैंकमा खाता खोलेर उनले नक्कली हस्ताक्षर गरी चेक दिने र ठगी गर्ने गरेको पाइएको छ।

 

निर्मलाले चन्द्रपुरका एक ज्वेलर्सबाट २ लाख ७४ हजारको सुनचाँदी उधारो लगेर नतिरेको, एक व्यक्तिसँग घरायसी समस्या देखाएर ५ लाख। प्रहरीले उनलाई माघ ४ गते चन्द्रपुरबाट पक्राउ गरेपनि पहिचान गर्न गारो भएको थियो। डीएसपी रुपा लाबुङका अनुसार विभिन्न कागजात र बैंक खाताको अनुसन्धानपछि मात्र उनको वास्तविक परिचय खुलेको हो। अहिले उनीमाथि ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। फालगुन २६