Gold
Bangad salyan

बालेन शाहको काठमाडौंस्थित घरमा तोडफोड

Salyan

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपाका नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा तोडफोड भएको छ ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए । चोरीको आशंकामा अनुसन्धान गरिरहेको बुढाथोकीले बताए ।

झापा-५ बाट चुनाव लडेका बालेन हाल चुनावी प्रचारका लागि कर्णाली पुगेका छन् । घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ । माघ १७