भिजिट भिसामा मानव तस्करी गर्ने अध्यागमन अधिकृत थुनामा

माघ २२

काठमान्डौ – भिजिट भिसामा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
जिल्ला अदालत काठमाडौंले खड्कासँगै मनोज तामाङ, सरोजकुमार यादव र अरुण दाहाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

त्यस्तै ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।अदालतले दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७ लाख, गीता शाहसँग ५ लाख, विनोद कार्कीसँग २ लाख र पदम लामा तथा रविन अर्यालसँग १/१लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।